
पोखरा – लामाचौर भलिबल कपको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले दोस्रो हार व्यहोरेको छ। शनिबारको दोस्रो खेलमा एभरेष्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको हो।
नेपाल पुलिसले लामाचौरको पहिलो प्रतिस्पर्धामा एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले एभरेष्टलाई २५–१८, २५–१८ र २५–२० अंकका साथ पराजित गरेको छ।
एभरेष्ट भलिबल क्लब शनिबार नै भएको पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोर्टस क्बलसँग पनि ३–० को सोझो सेटमा नै पराजित भएको थियो।
एभरेष्टले अब अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफसँग सोमबार प्रतिस्पर्धा गर्नेछ। न्यु डायमण्डले नेपाल पुलिस क्बलको सामना गर्नेछ।
१० औँ संस्करणको राष्ट्रियस्तरको भलिबलमा पुलिस, एपीएफ, न्यु डायमण्ड र एभरेष्ट प्रतिस्पर्धामा छन्।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।