
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वल्भेसलाई ३-१ ले पराजित गरेको छ। जितसँगै लिभरपुल सिटीको खेल अघि सम्म अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।अन्तिम केही मिनेट भित्र २ गोल गरेपछि लिभरपुलले सहज जित निकाल्यो। पहिलो हाफमा वल्भेसले १-० को अग्रता बनाएपनि दोस्रो हाफमा लिभरपुलले ३ गोल गर्यो।
खेलको सुरुवातमानै घरेलु टोलीका लागि ह्वाङ हे-छनले सातौं मिनेटमा अग्रता दिलाए। उनले नेटोको पासलाई सदुपयोग गरेका थिए। पहिलो हाफमा लिभरपुल विरुद्ध उत्कृष्ट देखिएको वल्भेस दोस्रो हाफमा भने सोहि लयमालाई कायम राख्न असफल भयो।
खेलमा फर्किने क्रममा लिभरपुलले दोस्रो हाफको सुरुवातमानै मोहम्मद सलाहको पासमा कोडी गोक्पोको गोलमार्फत अग्रता लियो। उनले ५५ औं मिनेटमा लिभरपुललाई बराबरीमा ल्याएका थिए। आफ्नो २०० औं खेलमा एण्डी रोवर्टसनले ८५ औं मिनेटमा सलाहकै पासलाई सदुपयोग गर्दै लिभरपुललाई अग्रता दिलाए। लिभरपुलका लागि तेस्रो गोल इन्जुरी समयमा हुगो बुएनोले आत्माघाती मार्फत उपहर दिएका थिए।
सब्सटिच्युट हार्वे एलियट्सले गरेको प्रहार बुएनोमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। पाँच खेलपछि लिभरपुलले १३ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ।