सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति (सहमतिपत्रसहित)

सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति (सहमतिपत्रसहित)
+
-

काठमाडौँ – सरकार र आनदोलनरत नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। हेटौँडामा चिकित्सकमाथि आक्रमण भएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारी टोलीबीच आइतबार भएको वार्तामा उक्त सहमति भएको हो।

वार्तामा हेटौँडाको सञ्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारबाही गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउन स्वास्थ्य मन्त्रालयले मासिक रुपमा बैठक राख्ने सहमति भएको छ।

यस्तै, स्वास्थ्य क्षेत्रको संवेदनशीलता मनन् गरी सचेततामूलक कार्यक्रमहरु स्वास्थ्य मन्त्रालय र चिकित्सक संघको सहकार्यमा यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने, चिकित्सकहरुको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति रोक्न तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने र चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको हो।

भदौ २७ गते सन्चो अस्पतालका चिकित्सकमाथि अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको थियो। उक्त घटनाको विरोधमा चिकित्सक संघले आन्दोलन घोषणा गरेको थियो। संघले आइतबार देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको थियो।

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?