
लन्डन–इङलिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० गोलले हराएको छ। प्रतियोगितामा लगातार तीन बराबरीपछि म्यान युनाइटेड विजयी भएको हो।
एभर्टनको मैदानमा भएको खेलमा एन्थोनी मार्सल र जेसी लिंर्गाडले गोल गरे। मार्सलले ५७ औं मिनेटमा पल पोग्बाको पासमा गोल गरेका थिए। लिंगार्डले ८१ औं मिनेटमा पोग्बाकै पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए।
लगातार तीन खेलको बराबरीपछि उपाधि होडमा कमजोर बनेको म्यान युनाइटेड एभर्टनमाथी जित हात पारेपछि दोस्रो स्थानमा उक्लियो। म्यान युनाइटेडले २२ खेलबाट ४७ र तेस्रो स्थानमा रहेको चेल्सीले २१ खेलबाट ४५ अंक जोडेको छ।
शिर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५९ अंक छ। म्यान युनाइटेडले अघिल्ला तीन खेलमा बर्नली तथा लेस्टरसँग समान २–२ गोलको बराबरी तथा अघिल्लो खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरी खेलेको थियो।
यो पनि हेर्नुहोस्: