
लन्डन–इङलिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती सम्भावित बराबरी टार्दै लिभरपुलले युरोपियन च्यापियन्स लिग छनोट होडलाई बलियो बनाएको छ । बर्नलीको मैदानमा भएको खेलमा लिभरपुल २–१ गोलले विजयी भयो।
लिभरपुलका रक्षक ¥याग्नर क्लाभनले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका थिए। उनले फ्रिकिकमा प्राप्त अवसरमा हेडमार्फत गोल गरेका थिए ।
त्यसअघि लिभरपुलले ६१ औं मिनेटमा सेडियो मेनको गोलमा अग्रता लिएपनि ८७ औं मिनेटमा जोहान गुडमुन्डसनले बर्नलीलाई बराबरीमा ल्याएका थिए।
२२ खेलबाट ४४ अंक भएको लिभरपुल तालिकाको चौथो स्थानमा छ।
पाँचौं स्थानमा रहेको आर्सनलको २१ खेलबाट ३८ अंक छ। प्रतियोगिताको शिर्ष चार टोली युरोपियन च्याम्पियन्स लिगमा सोझै छनोट हुने ब्यवस्था छ।
यो पनि हेर्नुहोस्: