ओपोद्वारा एथ्रीएस सार्वजनिक

ओपोद्वारा एथ्रीएस सार्वजनिक
+
-

काठमाडौँ – सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन–एथ्रीएस सार्वजनिक गरेको छ ।

दक्षिण एसियाली बजारमा एथ्रीएस १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई इनेबल्ड फ्रण्ट क्यामेरा तथा सुपर फुल स्क्रिन सुसज्जित ओपोको पहिलो उपकरण हो ।

२ जीबी  र्‍याम र १६ जीबी सञ्चयक्षमता, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नवप्रबर्तनात्मक फिचर्स सुसज्जित एथ्रीएसको मुल्य रु. १९ हजार ४ सय ९० निर्धारण गरिएको छ ।

सार्वजनिक नयाँ फोन एथ्रीएसका बारेमा बोल्दै ओपोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘डुअल क्यामेरा सेटअप , सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरुको चाहना अनुसार हामीले ओपो एथ्रीएस उपलब्ध गराएका हौँ । हरेक दिन स्मरणीय पलहरु बिना कुनै रोेकावट तस्बिरका रुपमा कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा हामीले शक्तिशाली ब्याट्री उपलब्ध गराएका छौँ ।’

एआई स्मार्ट ब्यूटी


ओपोले उपलब्ध गराउने एआई ब्यूटी प्रविधि साधारण सफ्टवेयर प्रोग्रामका रुपमा मात्र नभइ ब्यवसायिक फोटोग्राफरले झैँ काम गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

यो प्रविधिले प्रिमियम सप्लायर्स मार्फत उपलब्ध क्लाउड डाटा बेसमा उपलब्ध बृहत्त फेसियल रिकग्निसन मार्फत उत्कृष्ट तस्बिर कैद गर्न सघाउँने कम्पनीले जनाएको हो ।

ओपो एथ्रीएसमा कम्पनीले ८ एमपी फ्रण्ट लेन्स र १३ + २ एमपी डुअल रियर लेन्स उपलब्ध गराएको छ । फोनको फ्रण्ट क्यामेरामा प्रयोगकर्तालाई तस्बिरमा उत्कृष्ट देखाउन सघाउने एआई ब्यूटी प्रविधि उपलब्ध गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?