
पोखरा- रेशम चौधरीसँगै पक्राउ परेका थप १ जना पोखराको बाल सुधार गृहबाट रिहा भएका छन् ।
टिकापुर घटनामा संग्लगन २३ वर्षीय श्रवण चौधरीले गणतन्त्र दिवसको अवसरमा कैद माफ पाएपछी रिहा भएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी भएपछि बुधबार रिहा भएको पोखरा बाल सुधार गृहका प्रमुख अजय थापा क्षेत्रीले जानकारी बताए।
१० बर्ष कैद सजाय पाएका कैलालीका चौधरी २०७२ भदौ २५ पक्राउ परेका थिए । सोही बर्ष माघ १५ गते बाल पोखरा सुधार गृहमा ल्याइएको हो ।