टी-२० विश्वकप छनोट: नेपाल र ओमान एकै समूहमा, नेपालका सबै खेल टियू  मैदानमा

टी-२० विश्वकप छनोट: नेपाल र ओमान एकै समूहमा, नेपालका सबै खेल टियू  मैदानमा
+
-

काठमाडौं- नेपालमा आगामी कार्तिकमा हुने टी-२० विश्वकप छनोटको ‘ड्र’ सार्वजानिक भएको छ। घरेलु मैदानमा हुने खेलमा नेपालले ओमान, सिंगापुर र मेलिसियासँग खेल्ने छ। नेपालले आफ्ना सबै खेल टियू मैदानमा खेल्ने छ।

नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा पहिलो खेल सिंगापुरसँग १३ कार्तिकमा खेल्ने छ। प्रतियोगिता १३ देखी २० कार्तिक सम्म (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदै छ।

टियू मैदानमा ओमानसँगको खेलपछि नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग खेल्दा तेस्रो खेल १६ कार्तिकमा (नोभेम्बर २) मा ओमानसँग खेल्ने छ।  समूहको शीर्ष दुई मा रहने  टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्ने छन्। एउटा सेमिफाइनल टियु र अर्को मुलपानीमा हुने छ।

प्रतियोगिताको फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुने छ। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउने छन्।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट छनोट भएर आउने एक टोली रहने छ। एसिया क्षेत्र छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन्। एसिया क्षेत्र ए आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदै छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष