१९ औं एसियाली खेलकुदको भव्य उद्घघाटन (तस्बिर सहित)

१९ औं एसियाली खेलकुदको भव्य उद्घघाटन (तस्बिर सहित)
+
-

काठमाडौं- चीनको हाङझाउमा शनिबार एक भब्य कार्यक्रमबिच १९ औ एसियाली खेलकुदको उद्घाटन गरिएको छ। हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियम अर्थात ‘बिग लोटस’ मा चिनियाँ राष्ट्रपति सी जिनफिङले एसियाली खेलकुदको औपचारिक उद्घाटन गरेका थिए। राष्ट्रपति सीले उच्च महत्व दिएको यो प्रतियोगितामा चिनले आफ्नो टेक्नोलोजिको अधिक्तम प्रयोग गरेको छ।

उद्घाटन समारोहमा ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए। नेपालको तर्फबाट निमा घर्ती मगर र  बिरबहादुर महराले राष्ट्रिय झण्डा बोकेकका थिए। उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए।

कोभिड९१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिंदै विश्वलाई वातावरणमैत्रि प्रतियोगिताको रुपमा आफ्नो आयोजनालाई स्थापित समेत गरेको छ।

१९औं एसियाडको नारा ‘हृदय देखी हृदय भविष्य’ रहेको छ। एसियाडका लागि हाङझाउ सहर भब्य रुपमा सझाइएको छ। हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन्। उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो। यहाँ चर्चित वेस्ट लेक पर्यटकीय रोजाइमा रहने गरेको छ।

यो पटकको एसियाडमा एसियाका सबै ४५ देश सहभागी रहेका छन्। जहाँ ४० खेलका ४८१ इभेन्टमा १२ हजार ४१७ खेलाडीहरु प्रतिस्पर्धा गर्दै छन्। एसियाडको इतिहासमै कुनै पनि संस्करणमा सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो।

यस पटकको एसियाडमा नेपालको सहभागिता अहिले सम्मकै उच्च रहेको छ। १९औं एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका छन्। जसमा १२७ महिला र १२६ पुरुष छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष