सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखा जिल्लामै उत्कृष्ट

सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखा जिल्लामै उत्कृष्ट
+
-

सिमकोट – जिल्लाका सात वटामध्ये सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाको रुपमा छनोट भएको छ।

दुई दिनसम्म सञ्चालन भएको जिल्ला स्वास्थ्य क्षेत्रको समीक्षा कार्यक्रममा प्रस्तुतिको मूल्यांकन गर्दा सिमकोट उत्कृष्ट भएको हो।

धेरै सूचकका आधार सिमकोट गाउँपालिका ८३ अंक ल्याएर पहिलो भएको छ भने ७३ अंक प्राप्त गर्दै खार्पुनाथ गाउँपालिका द्वितीय भएको छ।

त्यसैगरी ७२ अंक ल्याएर ताँजाकोट गाउँपालिका तृतीय स्थान आउन सफल भएको छ। ताँजाकोट गाउँपालिकाको समीक्षा कार्यक्रममा उपस्थिति थिएन तर प्रगति विवरण भने उपलब्ध थियो।

जिल्लाका सात वटै गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष सम्पादन गरेका स्वास्थ्यसँग सम्बन्धित गतिविधिको प्रस्तुति गरेका थिए। जिल्ला अस्पतालका चिकित्सकको संयोजकत्वमा चार सदस्यीय मूल्यांकन टोलीले निर्धारित मापदण्डलाई आधार मानेर छनोट गरेको हो।

पहिलो, दोस्रो र तेस्रो हुने गाउँपालिकाको स्वास्थ्य शाखालाई नगद रुपैयाँ क्रमशः आठ हजार, ६ हजार र चार हजार र सम्मान पत्र प्रदान गरिएको थियो।

समीक्षाको समापन कार्यक्रममा कर्मचारीले जनप्रतिनिधिलाई सहयोग गर्नेभन्दा पनि विवादमा ल्याउने काम गरेको गुनासो सुनाए।

उनले कतिपय आफूले सोचेका काम गर्न कर्मचारीकै कारण गर्न नसकिएको भन्दै अब जिल्लास्तरका कार्यालयले समन्वय जनप्रतिनिधिसँग गर्न सुझावसमेत दिए।

उनको गाउँपालिका चौथो भएको थियो। सो कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले पनि कर्मचारीको कारण काम गर्न कठिन भएको बताउँदै यो समीक्षा कार्यक्रमबाट धेरै कुराको शिक्षा लिने अवसर मिलेको र अव आफ्नो गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सुधारका लागि पहल गर्ने बताए।

उनले स्वास्थ्य क्षेत्रका लागि बजेट कमी हुन नदिने प्रतिबद्धतासमेत ब्यक्त गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लाभरिका स्वास्थ्य संस्थाबीच समन्वय गरेर अगाडि बढ्नु आवश्यक रहेको बताए।

स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जिल्लाभरिका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सम्पन्न भएको भन्दै गाउँपालिकास्तरमा ०७९। ८० मा भएका कामको लेखाजोखा सुरु भएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?