
पोखरा- बिरामीको मृत्यु भएको विषयमा आफन्तहरुले पोखरास्थित मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन्।
सोमबार दिउँसो बिरामीका आफन्तले हातपात गरेपछि अहिले मणिपाल अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ।
लमजुङ सुन्दरबजार ५७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालका उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तजनले चिकित्सकमाथि हातपात गरेका हुन्। बिरामीको उपचारमा सहभागी डा. अनिल शाहमाथि आफन्तले हातपात गरेका हुन्।
उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन्।
अस्पतालमा तनावको स्थिति भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी अस्पतालमा तैनाथ गरिएको अस्पताल स्रोतले जानकारी दियो।