पोखराको मणिपाल अस्पताल तनावग्रस्त, ठूलो हुल अस्पताल पुगेर चिकित्सकहरुमाथि आक्रमण

पोखराको मणिपाल अस्पताल तनावग्रस्त, ठूलो हुल अस्पताल पुगेर चिकित्सकहरुमाथि आक्रमण
+
-

पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल सोमबार दिनभरिजसो तनावग्रस्त बनेको छ। साँझपख ठूलो हुल आएर अस्पतालका संरचनामा तोडफोड गर्नुका साथै चिकित्सकहरुमाथि आक्रमण पनि गरेको छ।

अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका सुरुमा आफन्त र  पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गरेको हो।

भेन्टिलेटरमा उनको मृत्यु भएपछि बिरामीका आफन्तले उपचारका प्रक्रियामा रहेका डा. अनिल शाहमाथि आक्रमण गरेका थिए।

चिकित्सकले मृतक दुराका आफन्तलाई थुनेपछि अस्पतालबाहिर जम्मा भएका आफन्तलगायतको ठूलो हुलले चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालका संरचनामाथि समेत आक्रमण गरेको थियो। त्यसपछि प्रहरी आएर हस्तक्षेप गरेपछि ठूलो क्षति हुनबाट जोगिएको हो।

दुराको निधनपछि अस्पताल प्रशासन र बिरामीका आफन्तबीच कुनै सहमति हुन सकेको छैन भने चिकित्सकहरुले आन्दोलन जारी राख्ने बताएका छन्।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग राख्दै मंगलबारदेखि अस्पतालको आकस्मिक, आइसियु, ओपिडी र वार्डबाहेक अरु सेवा बन्द गर्ने चिकित्सकहरुले बताएका छन्। उता मृतकका आफन्तले पनि आान्दोलन जारी राख्ने बतएका छन्।

अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३४ वर्षीय विनय गुरूङलाई हिरासतमा लिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष