कलाकार मनुजबाबु मिश्रका अदभूत कलाकृतिहरु (फोटो फिचर)

कलाकार मनुजबाबु मिश्रका अदभूत कलाकृतिहरु (फोटो फिचर)
+
-
काठमाडौँ- वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको गए राति २ बजे निधन भएको छ। साहित्य तथा चित्रकलामा महत्वपूर्ण योगदान दिएका मिश्रको हृदयाघातका कारण ८३ वर्षका उमेरमा निधन भएको उनका छोरा रवीन्द्र मिश्रले जानकारी दिए।
कलाप्रति उनको गहिरो प्रेम थियो भनिरहनुपर्दैन। मनुजबाबु चिनिएकै कलाका कारण हुन्। उनको घर पुग्ने जोकसैले उनको कलाप्रेम महसुस गर्नसक्छ। कलाकुटी नाम दिएको उनको चुच्चेपाटीस्थित घर पुग्नेबित्तिकै सबै महसुस गरिहाल्छन् उनको कलाप्रेम।
छोरा मिश्रका अनुसार उनी त्यस्ता व्यक्ति हुन्, जो आफ्नै किताब विमोचनमा पनि जाँदैनन् थिए। २० भन्दा बढी किताब निकालिसकेका उनले आफ्नो मुत्यृपछि सरल तरिकाले दाहसंस्कार गर्नू भनेर अर्‍हाएका थिए। त्यसैले पनि उनको मृत शरीरलाई श्रद्धाञ्जलीका लागि कहिँ कतै नराखिने परिवारजनले बताएका छन्।
उनको घरको कोठामा मात्र होइन, आँगनमा रहेको कलाकृतिमा पनि उनको परिकल्पनामा बनाइको मुत्यृले पनि कला देखाउने गर्दछ। उनी यही भदौमा ८३ वर्षमा लाग्ने थिए। हरेक वर्षमा प्रवेश गर्दा उनले एउटा कला कोर्ने गर्थे। यसपालि भने आफू ८३ वर्षमा प्रवेश नगर्दै उनले आफ्नो ८३ औँ वर्षको कलाकृति निर्माण गरेका छन्। उनको हरेक कलामा आफ्नो अनुहार र त्रिशुल देखिन्छ।
उनका छोरा रविन्द्र पत्रकार तथा विवेकशील साझा पार्टीका संयोजक हुन् भने छोरी मञ्जु मिश्र आमसञ्चार क्याम्पस चलाउँछन्। त्यस्तै उनका अर्का छोरा रोशन मिश्र कलाकार हुन्।

मनुजबाबु मिश्रको घर ‘कलाकुटी’को गेट।

मिश्रले आफ्नो शल्यक्रिया भएपछि बनाएको पेन्टिङ।

मनुजबाबुले ८३ औँ वर्षको पेन्टिङ उनको जन्मतिथि आउनुभन्दा केही महिनाअघि नै बनाएका थिए।

मिश्रको परिकल्पनामा उनको घरको आँगनमा राखिएको कलाकृति।

मनुजबाबु मिश्रको घरस्थित पुस्तकालय।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?