माहोल फर्काउन ‘इन्टर कलेज ब्याण्ड कम्पिटिसन’

माहोल फर्काउन ‘इन्टर कलेज ब्याण्ड कम्पिटिसन’
+
-

पोखरा- कुनै बेला थियो, पोखरामा ब्याण्ड खुल्ने निकै लहर। ५० को दशकमा पोखरामा ब्याण्डहरू मात्रै खुलेनन्, रक र पप संगीतलाई जुरुक्कै उचाले पनि। नेपथ्य, लेकाली, देउराली, कन्दरा, डि-मर्चा, परिवेशलगायतका ब्याण्ड पोखराबाट उदाएर देशभर छाए। लोकपप फ्लेबरमा त पोखरेली ब्याण्डको एकछत्र राज थियो नै।

त्यो सांगीतिक माहोल अहिले शून्यप्राय छ। पोखरेली ब्याण्डहरू छिन्नभिन्नजस्तै छन्। खुलेका नयाँ ब्याण्डले पनि उतिसारो अधिपत्य जमाउन सकेनन्।

उबेला ब्याण्डहरूले बनाएको माहोल फर्काउन पोखरा सांगीतिक कलाकार संघ नेपालले ‘इन्टर कलेज ब्याण्ड कम्पिटिसन’ गर्ने भएको छ।

पोखराको प्रदर्शनी केन्द्रमा असोज १२ र १३ गते प्रतिस्पर्धा हुँदैछ। देशभरका कलेजमा रहेका सांगीतिक ब्यान्डले प्रतिस्पर्धा गर्दैछन्। ब्यान्डमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्।

प्रतिस्पर्धाका लािग डिजिटल अडिसन दिएर २१ ब्याण्ड छनोट भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताए । फिजिकल अडिसन दिएका ब्याण्डहरु फाइनलका लागि छनोट हुनेछन् ।

‘इन्टर कलेज ब्याण्ड कम्पिटिसन’ को विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुने ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँले पुरस्कृत हुनेछ। उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरले जनही ५/५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको निर्णायकमा सुनिल थापा, सामसुङ तामाङ, विनोद बानियाँ, अमित गुरुङ, किरण वैद्य रहनेछन्।

पोखराको सांगीतिक माहोललाई तताउन प्रतियोगिता आयोजना गरेको अध्यक्ष गुरुङले बताए।

‘पोखराको सांगीतिक माहोललाई तताउँदै ब्याण्डहरूलाई पुर्नःजागृत गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो’, उनले भने, ‘कलेज र विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीको प्रतिभा उजागर गर्दै विद्यालयमा सांगीतिक माहोल वातावरण बनाउन कोशेढुंगा बन्नेमा विश्वस्त छौं’, उनले भने।

सुस्ताएको पर्यटन संगीतको माध्यमबाट उकास्न मद्धत पुग्ने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?