मणिपाल प्रकरणः चिकित्सक र आफन्तबीच ६ बुँदे सहमति

मणिपाल प्रकरणः चिकित्सक र आफन्तबीच ६ बुँदे सहमति
+
-

पोखरा- मणिपाल शिक्षण अस्पतालबाट सुरु भएको विवादको निरुपण भएको छ । सोमबार लमजुङको सुन्दरबजार नगरपालिका- ७ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि सुरु भएको विवाद ६ बुँदे सहमतिसँगै टुंगिएको हो ।

बिहीबार राती प्रशासन, प्रहरी, अस्पताल, पीडितका पक्षको वार्तापछि ६ बुँदे सहमति गर्दै दुवै पक्षले आन्दोलन स्थगित गरेका छन् ।

आइतबार अस्पतालमा भर्ना भएकी सुकमायाको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए ।

त्यसपछि पोखरा अशान्त बनेको थियो । पोखराका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिदा बिरामी मारमा पारेका थिए । मृतकका आफन्तले पनि आन्दोलन गर्दै पोखरामा चक्काजामसमेत गरेका थिए । विहिबारको सहमतिसँगै दुवै पक्षको आन्दोलन स्थगीत भएको छ ।

सहमतीको पहिलो बुँदामा सुकमाया दुराको स्मृतिमा मणिपालले सुन्दरबजार नगरपालिकामा सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्यक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निशुल्क स्वास्थ्य शिविर सुरु गर्ने उल्लेख छ ।

अल्पसंख्यक दुरा जातिको उपचारमा अस्पतालले छुट दिने अर्को सहमति छ । जसका लागि दुरा सेवा समाज लमजुङ र कास्कीसँगै वडा कार्यालयले विपन्न गरिब भएको सिफारिस गर्नुपर्नेछ ।’मृतक सुकमाया दुराको मुत्युको सम्बन्धमा हुने अनुसन्धानको प्रक्रिया खुला रहने’, सहमतिमा भनिएको छ ।

चिकित्सकमाथि हातपातको आरोपमा प्रक्राउ परेका विनय गुरुङ उपर दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धि ऐन २०६६ अन्तर्गतको कसुर मुद्वामा कानुनी रित पुर्याइ यथाश्रिघ सहजीकरण गर्ने उल्लेख छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?