विश्व मुटु दिवस:

‘म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ’

‘म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ’
+
-

पोखरा- विश्व मुटु दिवसको अवसरमा पोखरामा प्रभातफेरी निकालिएको छ। शुक्रबार बिहान लेकसाइडको हल्लनचोकदेखि अम्बट फिस्टेल गेटसम्म प्रभातफेरी निकालिएको हो।

स्वस्थ मुटु नेपाल, चरक मेमोरियल हस्पिटल र टाइगर ग्रुफ अफ पोखरा नेपालले प्रभातफेरीको आयोजना गरेको हो।

र्यालीमा जनप्रतिनिधि,कर्मचारी, स्वास्थ्यकर्मी, खेलाडी, व्यवसायीको सहभागिता थियो। र्यालीमा सहभागीले ‘म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ’, ‘शारीरिक सक्रियता, नियमित व्यायम, स्वस्थ मुटु’, ‘धुम्रपानले लिन्छ ज्यान’, ‘हरेक मुटुका लागि मुटुको प्रयोग’,’मुटु रोग विश्वव्यापी रुपमा मृत्युको प्रमुख कारण हो’, ‘स्वस्थ्य जीवनशैली नै हो स्वस्थ मुटुको आहार’, ‘हाम्रो स्वस्थ मुटु नै राष्ट्रको सम्बृद्धिको आधार हो’, लगायत जनचेतनामूलक प्लेकार्ड बोकेका थिए।

प्रभातफेरि पछि भएको कार्यक्रममा मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटाले मुटुलाई स्वस्थ राख्न सके जीवन लामो हुने बताए। शरीरमा सबैभन्दा पहिला बन्ने अंग मुटु भएकाले माया गर्नुपर्ने बताए‍।

‘अहिले हृदयघात अल्पायुमै मुत्यु हुने संसारभरीको एक नम्बर कारण हो। यसबाट जोगिन हामीले एकदम मेहनत गर्नुपर्छ’, उनले भने, ‘अस्वस्थकर खानपान त्याग्नुप्यो। स्वस्थकर जीवनशैली अपनाउनुपर्छ।’ सकरात्मक सोचले पनि मुटु जोगाउन सकिने उनको भनाइ छ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?