हाँडीगाउँमा पनि यसरी मनाइयाे इन्द्रजात्रा (तस्बिरसहित)

हाँडीगाउँमा पनि यसरी मनाइयाे इन्द्रजात्रा (तस्बिरसहित)
+
-

काठमाडाैँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा इन्द्रजात्रा मनाइएकाे छ। सो अवसरमा काठमाडौँ महानगरपालिका– ५ स्थित हाँडीगाउँमा पनि शुक्रबार इन्द्रजात्रा महोत्सव मनाइएकाे छ। जात्रामा काठमाडौं महानगरका प्रमुख, उपप्रमुखलगायत सहभागी थिए।

महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेल प्रतियोगिता, नेवारी समुदायको वेशभूषा तथा नृत्य प्रदर्शन गरिएको छ भने विभिन्न नेवारी खानाका स्टलसमेत राखिएको छ।

भाद्र शुक्लचतुर्दशीलाई अनन्त चतुर्दशी पनि भनिन्छ। अनन्त चतुर्दशीका दिन नेपालमा इन्द्रजात्रा मनाउने परम्परा छ तर इन्द्रजात्रामा  रथयात्रा भने गणेश, भैरव र कुमारीको गरिन्छ।

काठमाडाैँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले इन्द्रजात्राको अवसरमा गणेश, भैरव र कुमारीको रथयात्रा गर्ने परम्परा बसालेका हुन्।

यसै अवसरमा पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहले भाद्र शुक्ल द्वादशीका दिन कालभैरवसामु इन्द्रध्वजोत्थान गर्ने परम्परा बसालेका थिए। त्यसअघि भाद्रशुक्ल एकादशीका दिन अटकोनारायणको मन्दिरसामु इन्द्रध्वजोत्थान गरिन्थ्यो र यो परम्परा अहिले पनि कायमै छ।

पृथ्वीनारायण शाहका नाति, प्रातापसिंह शाहका छोरा रणबहादुर शाहले हनुमानढोका दरबारको सामुन्ने श्वेत भैरवको विशाल मकुण्डो स्थापना गरी इन्द्रजात्राको बेला भैरवको मुखबाट जाँडको धारा बगाई जनतालाई जाँड ख्वाएर रमिता गर्ने परम्परा बसाले। इन्द्रजात्रामा इन्द्रको रथयात्रा र मान–सम्मान नगरी इन्द्रलाई चोरको रूपमा चोक-चोक र बाटो-बाटोमा पाता कसेर बाँधेर राखिएको हुन्छ।

   

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष