
काठमाडौं- १९ औं एसियाली खेलकुद प्रतियोगितामा आयोजक चीनले आफ्नो एकपछिय पदक अभियान जारी राखेको छ। चीनले प्रतियोगिताको सातौं दिन स्वर्णमा शतक पुरा गर्दै कुल २ सय पदक पुर्याउन सफल भयो।
चीनले कुल १०५ स्वर्ण ६३ रजत र ३२ काश्य सहित कुल २०० पदक जित्न सफल भयो। त्यस्तै जापान २७ स्वर्ण सहित ९९ पदकका साथ दोस्रो र कोरीया २६ स्वर्ण सहित कुल १०२ पदकका साथ तेस्रो स्थानमा रहेका छन्।
प्रतियोगितामा भारतले ८ स्वर्ण सहित कुल ३३ पदक जित्दै चौंथो स्थानमा रहँदा थाइल्यान्डले पनि ८ स्वर्ण सहित २० पदकका साथ पाँचौं स्थानमा रहन सफल भयो। त्यस्तै उज्वेकिस्तानले ७ स्वर्ण जित्दा हङकङ्ग, र चाइनिज ताइपेले समान ५-५ स्वर्ण जिते।
अहिले सम्म सहभागि ४५ मध्ये ३१ राष्ट्रले पदक जित्दा १४ राष्ट्र पदक विहीन रहेका छन्। दक्षिण एसियामा नेपाल, भुटान र माल्दिभ्स बाहेक सबै देशले पदक जितिसकेका छन्। बंगलादेश र पाकिस्तानले समान १-१ काश्य जित्दा श्रीलंकाले एक रजत जितेको छ। भारत ८ स्वर्ण १२ रजत र १३ काश्य सहित अङ्क तालिकाको चौंथो नम्बरमा रहेको छ।
पदक तालिका