७ सय भारतीय पर्यटक एकसाथ पोखरा घुम्दै

७ सय भारतीय पर्यटक एकसाथ पोखरा घुम्दै
+
-

पोखरा-  शनिबार बिहान भारतीय पर्यटकले पोखराको लेकसाइड क्षेत्र गुल्जार बन्यो । स्ट्रिट नम्बर १७ देखि बाजागाँजा र झाँकीसहित निस्किएको भारतीय पर्यटकको लस्कर हल्लनचोक हुँदै तालबाराहीचोक पुग्यो ।

करिब १ घण्टा फेवाताल किनारको वराहीघाटमा भिडभाड भयो । फेवातालमा डुंगा सयर गर्दै उनीहरुले तालवराही मन्दिरको दर्शन गरे ।

पर्यटकीय सिजन सुरु भएसँगै एकसाथ ७ सय बढी भारतीय पर्यटक पोखरा आएका छन् । गुजरातबाट निलकण्ठवर्णी स्मृतियात्रामा एकैसाथ धार्मिक पर्यटक नेपाल आएका हुन् ।

उनीहरु मंगलबार काठमाडौं आइपुगेका थिए । हवाई र सडकमार्ग हुँदै काठमाडौं आएका ती पर्यटकले काठमाडौंको पशुपतिनाथ, ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुरको दरबार स्क्वायर लगायतका मठमन्दिरसँगै ऐतिहासिक गन्तव्यमा घुमघाम गरे ।

शुक्रबार पोखरा आएका उनीहरुले शनिबार बिहानै तालवराही दर्शन गरेका छन् । केही सराङकोटसमेत पुगेर दृश्य हेरेर रमाए ।

ती पर्यटक आइतबार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने भ्रमण व्यवस्थापन गरिरहेको नेबिरा होलिडेजका प्रबन्धक राजु अधिकारीले बताए ।

‘सयभन्दा बढी स्कार्पियो मुस्ताङ जानेछ । केही हवाई उडानमार्फत मुस्ताङ पुग्नेछनु’, उनले भने । मुस्ताङमा उनीहरु २ दिने घुम्ने अधिकारीले जानकारी दिए ।

पोखरा फर्किएसँगै २ दिन घुमघाम गर्नेछन् । पुम्दीकोट, विश्वशान्ति स्तुप, पातलेछाँगो, गुप्तेश्वरमहादेव मन्दिर, विन्ध्यावासिनी मन्दिर, सेती गर्ज लगायतका गन्तव्य पुर्‍याउने तालिका छ । ‘पोखराको घुमघामपछि भैरहवा हुँदै भारत फर्कनुहुनेछ’, नेबिराका प्रबन्धक अधिकारीले भने ।

एकसाथ भारतीय पर्यटक आउनुलाई मास टुरिजमको सुरुवात भएको उनको ठम्याइ छ । ‘कोरोनापछि सुनसान हुँदा पर्यटन क्षेत्रमा ठूलो निराशा छाएको छ । निराशालाई आशामा बदल्न छिमेकबाट धार्मिक पर्यटक ल्याउने कोशिश गरेका हौं’, उनले भने ।

भारतीय स्वामीहरु भ्रमणमा आएकाले धार्मिक पर्यटक बढ्ने अपेक्षा गरेको मजेरी रिसोर्टका सञ्चालक अर्जुन खनालले बताए । ‘यो संख्याले सुनसान पोखरालाई जगाएको छ’, उनले भने, ‘धार्मिक पर्यटनबाट आर्थिक गतिविधि कसरी बढाउन सकिन्छ ? नेपालको आर्थिक अवस्थालाई कसरी उकास्न सकिन्छ भनेर गरिएको अभ्यास हो ।’

यो समूहको भ्रमणले स्वामीनारायणप्रति आस्था राख्ने भारतीय धार्मिक पर्यटक नेपाल भित्र्याउन सहज भएको उनले बताए ।

पछिल्लो समय पोखरा र मुक्तिनाथ भ्रमणमा आउने पर्यटकीय पर्यटकको संख्या बढ्दो छ । बैशाख जेठताका अफसिजनको बेला पनि गर्मी छल्न आउने पर्यटकको लर्कोले पोखरा गुल्जार थियो ।
सिजनको सुरुवातमा तेस्रो मुलुकको पर्यटक छिटफुट आउँदा छिमेकबाट भारतीय पर्यटक एकैपटक ७ सय बढी आएपछि पर्यटन व्यवसायीलाई आशावादी बनाएको छ । अधिकांश भारतीय पर्यटक सडकमार्ग हुँदै आउने भएकाले पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्डको स्तरोन्नतिको काममा भएकाले ढिलाइले भने नकारात्मक सन्देश फैलने त्रास बढेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?