जहाँ पढ्नका लागि दिनहुँ दाउरा बेच्न बाध्य छन् विद्यार्थी

जहाँ पढ्नका लागि दिनहुँ दाउरा बेच्न बाध्य छन् विद्यार्थी
+
-

हुम्ला – हुम्लाको एक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दाउरा बोकेर बेच्दै अध्ययन गर्न बाध्य छन्। घरको आर्थिक अवस्था न्यून भएकाले कापी–कलमको व्यवस्था गर्न र घरका लागि आवश्यक खानेकुरा बन्दोबस्त गर्न विद्यार्थीले दैनिक दाउरा बोकेर बिक्री गर्नुपरेको हो।

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयमा अध्ययनरत छात्र लोकेश विकले बाध्यताले दैनिक गाउँबाट सदरमुकाम सिमकोट बजारमा दाउरा बिक्री गर्नुपरेको बताए।

घरको आर्थिक अवस्था कमजोर भएकाले कापी–कलम किन्नकै लागि र घरखर्चसमेत जुटाउनका लागि दाउरा बोक्नु परिरहेको जानकारी दिँदै उनले यो काम नगरी अन्य विकल्प नभएको बताए।

उनले भने, ‘आमाबुवाले घरको अन्य काम गर्ने भएकाले आफूले वर्षमा कम्तीमा डेढ सय दिन यसरी दाउरा बोकेर बिक्री गर्दै आएको छु।’

सोही विद्यालयको कक्षा पाँचमा अध्ययनरत छात्र सुरेन्द्र शाहीले दैनिक बिहान चारदेखि पाँच बजे उठेर दाउराको भारी बोकेर डेढ घण्टा पैदल हिँडेर बिक्री गर्नु आफ्नो बाध्यता भएको बताए।

उनले एक भारी दाउरा बेचेको पाँचदेखि सात सय रुपैयाँसम्म पाउने गरेको भन्दै त्यसबाट कापी कलम किन्ने र केही घर खर्चका लागि प्रयोग गर्ने बताए।

आमाले घरमा काम गर्ने र अन्य आयश्रोत नभएका कारण आफूलाई यसरी दाउरा बोक्नै पर्ने परिस्थिति निर्माण भएको भन्दै उनले यो काम नगरी आफ्नो पढाइ अगाडि बढाउन नसकिने बताए।

बिहान सबेरै जानुपर्ने भएकाले ती विद्यार्थी सात आठ जनाको समूह बनाएर दाउरा बिक्री गर्ने जाने गर्छन्।

प्रधानाध्यापक मेजबहादुर बुढाले विद्यालयमा १ सय २६ जना छात्रा अध्ययन गर्दै आएको र उनीहरूमा बालविकासदेखि कक्षा दुईमा अध्ययन गर्नेबाहेक अन्य सबै कक्षाका अधिकांश छात्र/छात्राले यसरी दैनिक दाउरा बोक्ने गरेको बताए।

उनले घरमा वनबाट ल्याएर जम्मा गरिएका दाउरा विद्यार्थीले बिहानै बोकेर सिमकोट बजारमा बिक्री गरी फर्केर नौदेखि साढे नौ बजे घरमा पुगेर खाना खाएर विद्यालय पुग्ने गरेको बताए।

उनले विद्यार्थीले दाउरा बोक्ने काम बर्सेनि गर्दै आएको बताए। विद्यार्थीले यसरी परिश्रम गर्नु मुख्य कारण गरिबी भएको भन्दै उनले यसले पढाइमा बाधा पुग्ने गरेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?