१९ औं एसियाड: माल्दिभ्स विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

१९ औं एसियाड: माल्दिभ्स विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
+
-

नेपाली राष्ट्रिय क्रिकेट टिमले हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेट तर्फको आफ्नो दोस्रो खेलमा माल्दिभ्स विरुद्ध टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले आइतबार बिहान सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्। नेपालले आज मंगोलिया विरुद्धको टिममा एक परिवर्तन गर्दै तिब्र बलर करण केसीको स्थानमा विकेट किपर बिनोद भण्डारीलाई टिममा मौका दिएको छ।

आफ्नो पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। मंगोलियाविरुद्ध विश्व कीर्तीमानी इनिङ खेलेको नेपाल माल्दिभ्सविरुद्ध पनि प्रभावसाली प्रदर्शनको लक्ष्यमा रहेको छ। माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ।

पहिलो रोजाईको टोली कतारमा आइसिसी टी-२० विश्वकप एसिया रिजनल छनोट ‘ए’ खेलिरहेकाले माल्दिभ्स दोस्रो रोजाईको टोली पठाएको हो। माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो। यो खेलको विजेता टोली क्वाटरफाइनलमा स्थान बनाउने छ।

विश्व वरियतामा नेपाल भन्दा माल्दिभ्स निकै पछि ७८ औं स्थानमा रहेको माल्दिभ्स नेपाल विरुद्ध संयमित भएर मैदान उत्रिने लक्ष्यमा रहेको छ। माल्दिभ्स र नेपालबीच हालसम्म दुई टी-२० अन्तराष्ट्रिय खेल भएका छन्। २०१९ को १३ औं एसियाली खेलकुदमा टियु क्रिकेट मैदानमा माल्दिभ्स नेपालसँग ५ विकेट र ८४ रनले पराजित भएको थियो। त्यसयता यो यि दुई टिमबिचको पहिलो भेट हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?