सभामुखलाई औषधि व्यवसायी संघको ध्यानाकर्षण

सभामुखलाई औषधि व्यवसायी संघको ध्यानाकर्षण
+
-

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापन पत्र बुझाएको छ।

संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधि व्यवसायी संघजस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको छ।
संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ‘औषधि तथा स्वास्थ्य सामग्री सल्लाहकार समिति’ मा नेपाल औषधि व्यवसायी संघलाई सदस्य नराखिएकाले संशोधन माग गरिएको छ ।

‘औषधि जस्तो संवेदनशील वस्तुसम्बन्धी ऐनको मस्यौदा बनाउँदा ५० वर्ष भन्दा वढी यही क्षेत्रमा योगदान गरेको महत्वपूर्ण सरोकारवाला संस्था नेपाल औषधि व्यवसायी संघलाई सम्बन्धित पक्षले कुनै पनि जानकारी नदिएको व्योहोरा समेत अवगत गराउँदछौं,’ ज्ञापन पत्रमा भनिएको छ। संस्थागत प्रतिनिधित्व सुनिश्चित हुनेगरी संघले संशोधन विवरणसमेत पेस गरेको छ ।

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले असोज १२ गते गैरसरकारी विधेयक दर्ता गराउनुभएको थियो ।

सभामुख घिमिरेले संघको मागबारे आफ्नो ध्यानकर्षण भएको बताउँदै आवश्यक छलफल गर्ने उल्लेख गरे।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले गैरसरकारी विधेयकका प्रक्रियाबारे जानकारी गराए।

ज्ञापन पत्र बुझाउन उपाध्यक्ष रामचन्द्र शर्मा, महासचिव श्रीधर खनाल, कोषाध्यक्ष सम्राटमान जोशी, बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष बद्रिप्रसाद श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष ईन्द्रबीर महर्जन, भक्तपुर जिल्ला अध्यक्ष नारायणप्रसाद भूसाल, काठमाडौं जिल्ला महासचिव शुभमान श्रेष्ठलगायतका पदाधिकारी आउनुभएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?