२०३० को फिफा विश्वकप तीन फरक महादेशका ६ राष्ट्रमा

२०३० को फिफा विश्वकप तीन फरक महादेशका ६ राष्ट्रमा
+
-

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ राष्ट्रमा आयोजना गर्ने तय गरेको छ।

फिफा विश्वकपको शताब्दी पुरा भएको अवसरमा विश्वलाई एकताबद्व र अपनत्व महसुस गराउन भन्दै ३ महादेशका ६ देशमा विश्वकप आयोजनाको तय गरेको हो।

युरोपका स्पेन, पोर्चुगल रहँदा अफ्रिकन राष्ट्र मोरक्को अर्को आयोजक हुने छ। त्यस्तै दक्षिण अमेरीकी राष्ट्रहरु उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा विश्वकपका सुरुवाती खेलहरु आयोजना हुने छन्।

विश्वकप सुरु भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा दक्षिण अमेरीकी राष्ट्रमा प्रारम्भिक खेल खेलाउने तय फिफाले गरेको हो। उरुग्वेको राजधानी मोन्टेभिडियोमा १९३० मा पहिलो विश्वकप आयोजना भएको थियो। विश्वकप फुटबलको सयौं वर्षगाँठको उपलक्ष्यमा सोही सहरमा विश्वकप २०३० को पहिलो खेल आयोजना गर्न लागिएको हो।

फिफाको यो निर्णयलाई आगामी वर्षको फिफा कंग्रेसबाट अनुमोदन गराइने छ। २०३० विश्वकप आयोजनाबारे फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने ‘विभाजित संसारमा फिफा र फुटबल एकताबद्द छ।’ उनले भने ‘फिफा काउन्सिलले सम्पूर्ण विश्व फुटबलको प्रतिनिधित्व गर्दै सर्वसम्मतीका साथ विश्वकपको सयौं वर्षगाँठ मनाउने निर्णय गर्‍यौं। जसको पहिलो संस्करण उरुग्वेमा १९३० मा भएको थियो।’

उनले थपे ‘सन् २०३० मा हामीसँग एक अद्वितीय विश्वब्यापि पदचिन्ह हुनेछ, तीन महादेशहरु, अफ्रिका, युरोप र दक्षिण अमेरिकाका ६ देश अर्जेन्टिना, मोरक्को, पाराग्वे, पोर्चुगल, स्पेन र उरुग्वेले फिफा विश्वकपको सयौं वर्षगाँठलाई स्वागत गर्दै यो सुन्दर खेल विश्वलाई एकताबद्ध बनाएर मनाउने छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?