काठमाडौँ- लामो समयदेखि स्नायु अपांगता भएका बालबालिकाका क्षेत्रमा कार्यरत रमा कार्की यस क्षेत्रमा कुनै बाध्यताले होइन, आफ्नै रुचिका कारण आएकी हुन्।
‘बालबालिका, त्यसमा पनि स्नायु अपांगता भएका बालबालिकाको उपचार र पुनर्स्थापना मेरो प्यासन नै हो,’ उनी भन्छिन्।
अहिले न्युरो फाउन्डेसनमा रहेर मस्तिष्क पक्षाघात भएका बालबालिकाको पुनर्स्थापनामा कार्यरत कार्की यस क्षेत्रमा नेपालमा विश्वस्तरीय उपचार हुने बताउँछिन्।
‘हामीकहाँ अहिले स्नायु अपांगताका क्षेत्रमा उपचार र पुनर्स्थापना विश्वस्तरकै हुने गरेको छ,’ उनले देशसञ्चारसँग भनिन्।
अक्टोबर ६ मस्तिष्क पक्षाघातबिरुद्धको अन्तर्राष्ट्रिय दिवस हो। राज्य, निजी क्षेत्र र व्यवसायिक पेसाकर्मीहरु मिलेर स्नायु अपांगता भएका बालबालिकाको उपचार र पुनर्स्थापनामा महत्त्वपूर्ण काम गर्नसकिने बताउँछिन् उनी।
उनीसँग मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी) बिरुद्धको अन्तर्राष्ट्रिय दिवस (अक्टोबर ६) का अवसरमा देशसञ्चारले गरेको कुराकानी: