
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दिक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागेको बताए। उनले वीरमा भिआइपी र भिभिआइपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताए।
उनले आधारभूत स्वास्थ्य सेवा गरिव, विपन्नहरूका लागि निःशुल्क बनाउन आफू लागि परेको बताए।
स्वास्थ्यमन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा ठूलो जनशक्ती अभाव भइरहेको भन्दै दरबन्दी सिर्जना गरेर जाने सहमति भइसकेको बताए।
अहिले देखिएको जनशक्ति अभावको अन्योल चाँडै समाधान हुने बताए। उनले दीक्षित भएकाहरू राष्ट्रको भविष्य र गरिमा भएको बताए।