
काठमाडौँ – निजी स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधानका उपाय आगामी पञ्चवर्षीय योजनामा समेटिने स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले बताएका छन्।
नेपालका स्वास्थ्य क्षेत्रमा विद्यमान समस्या पहिचान एवं समाधानका उपाय विषयक एक सामाजिक संवाद कार्यक्रम उनले तत्काल समाधान गर्न सकिने समस्यालाई समाधानमा लैजाने र अन्य समस्या १६ औँ पञ्चवर्षीय योजनामा समेटेर समाधान गरिने प्रतिबद्धता जनाए।
राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघद्वारा आयोजित कार्यक्रममा निजी अस्पताल सञ्चालकहरुको छाता संगठन अफिनका प्रतिनिधि लोकबहादुर टन्डनले सरकारले निजी स्वास्थ्य संस्थालाई सौतेलो व्यवहार गरेको बताए।
यूएनआई एसिया प्यासिफिकका कोअर्डिनेटर राजेन्द्र आचार्यले युनिफिनले सामाजिक संवादले समस्या समाधानमा बल पुग्ने बताए। उनले निजी स्वस्थ्य संस्थामा समस्या रहेको र समाधानका उपाय पनि रहेको बताए। त्यसका लागि युनिफिनले संवादको ढोका खोलेकाले अब समस्या समस्याका रुपमा नरहने बताए।
युनिफिनका अध्यक्ष पृथ्वी थपलियाले छलफलका विषयबस्तु प्रस्तुत गरेका थिए भने मीना पौडेलले नर्सिङका समस्यालाई छलफलका लागि प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सहजीकरण युनिफिनका उपाध्यक्ष दिनेश पोखरेलले गरेका थिए।
मेडिकल तथा डेन्टल कलेज एसेसिएसनका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले निजी स्वास्थ्य संस्थाले सेवामूलक व्यवसाय गरेकाले यसलाई सेवाकै रुपमा बुझ्न आग्रह गरे।