
इंग्लिस प्रमियर लिगमा उपाधि दाबेदार लिभरपुल सिजनको आठौं खेलमा दोस्रो बराबरीको सिकार भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल अग्रता जोगाउन नसक्दा ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकियो।
ब्राइटनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलिले २० औं मिनेटमा सिमन एडिङग्राको गोलमार्फत लिभरपुल विरुद्ध अग्रता बनाएको थियो। तर लिभरपुलले पहिलो हाफमानै अग्रता लियो। मोहम्मद सालहले ४० औं मिनेटमा बराबरी गोल गर्दा पहिलो हाफको इन्जुरी समयमा लिभरपुलले अग्रता बनायो। लिभरपुलका लागि मोहम्मद सलाहलेनै पेनाल्टीमा गोल गरेका थिए।
ब्राइटनका पास्कल ग्रोसले डोमिनिक सोबोस्लाई तानेर लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो। जसलाई सलाहले गोलमा परिणत गर्दै लिभरपुललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमाने लिभरपुलले गोलको सुन्दर अवसर चुकायो। रायन ग्राभेनवर्चको प्रहार बारमा लाग्दा अग्रता फराकिलो बनाउने मौका चुकायो। बराबरी पछि लिभरपुलको १७ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ।
तर कप्तान लेविस डन्कले ७८ औं मिनेटमा नाटकिय बराबरी गोल गरेसँगै लिभरपुल दबाबमा परेको थियो। जोआओ पेड्रोले अन्तिम समयमा घरेलु टोलिका लागि राम्रो अवसर गुमाउन पुग्दा लिभरपुलको सम्भावित हार टरेको थियो।
आइतबारनै भएका अन्य खेलमा न्युक्यासलले पनि वेस्टह्यामसँग २-२ गोलको बराबरी खेल्यो। त्यस्तै वल्भेस एस्टन भिल्लासँग १-१ गोलको बराबरीमा रोकियो। आइतबार रातिनै आर्सनल र म्यानचेस्टर सिटी बिच खेल हुने कार्यतालिका रहेको छ।