एकदिवसीय विश्वकप: अस्ट्रेलियालाई पराजित गर्दै भारतको विजयी सुरुवात

एकदिवसीय विश्वकप: अस्ट्रेलियालाई पराजित गर्दै भारतको विजयी सुरुवात
+
-

एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ। चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलिले सुखद सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै १ सय ९९ रनमा समेटिएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ५२ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्‍यो।

भारतको जितमा विराट कोहली र केएल राहुलले चौंथो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरे। खराब सुरुवात गरेको भारतले २ रन जोड्दा ३ विकेट गुमाएपनि कोहली र राहुलले सानदार साझेदारी गर्दै भारतको जित पक्का गरेका थिए।

त्यसअघि विराट कोहली ब्यक्तिगत १२ रनको अवस्थामा जिवनदान पाउन सफल हुँदा अस्ट्रेलियालाई त्यस्को मुल्य मँहगो पर्‍यो। भारतको स्कोर २६ रनमा ३ विकेट हुँदा जोस हेजलवुडको बलमा मिचेल मार्सले क्याच ड्रप गरेका थिए। पछि  कोहली ८५ रन बनाउँदै टिमको जित निश्चित गरे। राहुलले ९७ रनको अविजित इनिङ खेले। राहुललाई हार्दीक पाण्ड्याले ११ रनमा साथ दिए। अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ विकेट लिएका थिए। मिचेस स्टार्कको नाममा १ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ४६ रन बनाउँदा डेभिड वार्नरले ४१ रन बनाएका थिए। त्यस्तै मिचले स्टार्कले २८ रन बनाउँदा प्याट कमिन्सले १५ तथा मार्नुस लबुसेनले २७ रन बनाए। ग्लेन म्याक्सवेल १५ रनमा आउट भएका थिए। भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा जसप्रित बुमराह र कुलदीप यादवले समान २-२ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सिराज, हार्दीक पाण्ड्या र रविचन्द्रन आश्विनले समान १-१ विकेट लिएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?