
काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन्। थापाले राज्यव्यवस्था समितिको बुधबारको बैठकमा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने बताएका हुन्।
अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको तर्क गरे। दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था बनेको थापाले उल्लेख गरे।
क्षेत्राधिकारमा ‘अनुचित कार्य’को सम्बन्धमा त्यसको व्याख्या स्पष्ट विधेयकमा खुुल्नुपर्ने थापाले बताए। राष्ट्रिय सर्तकता केन्द्रलाई पनि अख्तियार अनुसन्धान आयोग भित्रै ल्याएर अनुचित कार्य हेर्ने गरि व्यवस्था गर्नुपर्ने थापाको भनाई छ।
नीतिगत निर्णय भनेको के हो भनेर कानुनमै स्पष्ट खुलाउनुपर्नेमा थापाले जोड दिए।