
जनकपुरधाम-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको बहुमत नभएसम्म देशमा राजनीतिक स्थिरता नआउने बताएका छन्।
आगामी निर्वाचनमा एमालेलाई बहुमत दिनु पर्ने आवश्यकता रहेको र यसमा यो अहिवेशनले महत्वपूर्ण भुमीका खेल्ने बताए। बुधबार एमालेको मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाघाटन शत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले तराई मधेश एमालेको जन्मभूमि रहेको र आजभन्दा ५० वर्ष पहिला ओलीले संगठन निर्माण गर्ने क्रममा मधेशमा आएको र पक्राउ परेपछि १७ वर्ष जेल बसेको स्मरण गरे।
आउने दिनमा एमालेले सरकार निर्माण गर्ने भन्दै उनले यो पार्टी देशलाई माया गर्ने पार्टी रहेको र तराई मधेशलाई उच्च प्राथमिकता राखेर एमाले चल्ने उल्लेख गरे।
उनले भने,‘एमाले एउटा जिम्मेवारी बोध गर्ने पार्टी हो। यस पार्टीलाई मजबुत बनाउनु पर्ने आवश्यकता हो। कुनै समय यस पार्टी विरुद्ध भ्रम फैलाउने काम भयो।’
उनले हुलाकी राजमार्गको सुरुआत हुन केपी ओलीलाई प्रधानमन्त्री बन्न परेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आँखामा आँखा मिलाएर कुरा गर्ने नेता केपी ओली रहेको बताए।
‘नेपालमा भारतको सहयोगमा भैरहेको काम ढिलोगरी भैरहेकोमा मोदी जीको आँखामा आँखा मिलाएर समयमै काम गर्न ओलीले भने प्रचण्डले हैन।’
उनले भने,‘तराई मधेस न उठेसम्म नेपाल उठन सक्दैन भन्दै उनले एमालेले तराई मधेसलाई उठाएर देश उठाउने एमाले पार्टी भित्र लोकतान्त्रिकरणको पक्षमा छ। प्रयास हुन्छ सर्वसम्मत छनोट गर्ने प्रयास त्यो हुँदैन भने चुनावमा जान्छौँ,माथी बाट कुनै हस्तक्षेप हुँदैन। यहाँका नेताहरुले जसलाई छनोट गर्छ उ नै प्रतिनिधि हुन्छ।’