कुलेश्वरस्थित एक गोदामबाट बरामद गरेको १४ सय बोरा चिनी साल्ट ट्रेडिङले बेच्न थाल्यो

कुलेश्वरस्थित एक गोदामबाट बरामद गरेको १४ सय बोरा चिनी साल्ट ट्रेडिङले बेच्न थाल्यो
+
-

काठमाडौं- काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाएर राखेको अवस्थामा ३ असोज गते बरामद गरेको चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु भएको छ।

ठूलो परिमाणमा चिनी लुकाएर राखेको र अत्यधिक मूल्यवृद्धि गरी थोक तथा खुद्रा बिक्रेतालाई बिक्री गर्दै आएको सूचनाका आधारमा कुलेश्वरस्थित गुह्वेश्वरी ट्रेड लिंकको गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ सय बोरा चिनी बरामद गरेको थियो। उक्त चिनीमा लेबल उल्लेख नभएको वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासनको संयुक्त अनुगमनमा फेला परेको थियो।

व्यवसायी सन्तोष खेतानको नाममा रहेको उक्त व्यापारिक फर्मले स्वदेशी चिनी उद्योगबाट चिनी खरिद गरी खुद्रा व्यापारीलाई बिक्री बिलबिजकबिना नै महंगो मूल्यमा बिक्री गर्दै आएको थियो। उक्त चिनी गुणस्तर परीक्षणपछि वाणिज्य विभागले लेबल उल्लेख नभएको कसुरमा ३ लाख जरिवाना गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशनपछि व्यवसायीबाट खरिद गरेर चिनी बिक्री सुरु गरेको सूचना अधिकारी कुमारराज भण्डारीले बताएका छन्। उनका अनुसार प्रतिकिलो १०१ रुपैयाँमा १४ सय बोरा चिनी किनिएको हो।

चिनीको बिक्री साल्टका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु गरिसकेको उनले बताएका छन्। उनी भन्छन्, ‘प्रतिकिलो ९७ रुपैयाँमा प्रतिपरिवार २ किलोका दरले चिनीको बिक्री भइरहेको छ।’

साल्टसँग रहेको करिब ३ सय टन चिनीसँगै यो चिनीको बिक्री काठमाडौं उपत्यकाका सबै बिक्री केन्द्रहरुबाट भइरहेको साल्ट ट्रेडिङले जनाएको छ।  विभागले उक्त गोदाम सिलसमेत गरेको छ। सिलबन्दी गरिएको गोदाममा दाल, चामललगायतका विभिन्न प्रकारका खाद्यान्नसमेत भण्डारण गरिएको पाइएको थियो।

यद्यपि पछिल्लो समय चार्डपर्व नजिकिएसँगै बजारमा चिनीको अभाव हुन थालेको छ। चार्डपर्वको लागि आवश्यक पर्ने चिनी बजारमा नपाइएपछि मानिसहरु चिन्तित बनेका छन्। बजारमा अभाव बढेका कारण व्यवसायीहरुले चिनी लुकाएर अभाव गराइ महङ्गो मुल्यमा मात्रै उपलब्ध गराउन खोजेको आरोप आम मानिसहरुले लगाइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?