रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी, भारत ८ विकेटले विजयी

रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी, भारत ८ विकेटले विजयी
+
-

काठमाडौं- भारतले एकदिवसीय विश्वकपमा लगातार दोस्रो खेलमा जित निकालेको छ। बुधबार भएको खेलमा  घरेलु टोली भारतले  अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित आत्मासाथ गरेको हो।

बुधबार अरुण जेट्ली स्टेडियममा अफगानिसत्नले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। भारतले उक्त लक्ष्य ३५ ओभरमानै पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ६३ बलमानै शतक प्रहार गरे। उनले १ सय ३१ रनको इनिङ खेलेका थिए।

रोहित शर्माले अफगानिस्तान विरुद्ध ६३ बलमा शतक प्रहार गरेसँगै विश्वकपमा सातौं शतक प्रहार गर्ने पहिलो खेलाडी बने। उनी अघि सचिन तेन्दुलकरले ६ शतक प्रहार गरेका थिए। सचिनको नाममा ४४ इनिङमा ६ शतक रहेको छ। रोहितले २०१५ मा एक शतक प्रहार गर्दा २०१९ मा ५ शतक प्रहार गरेका थिए। यो रोहितको एकदिवसीय करिअरमा भने ३१ औं शतक हो।

भारतका लागि विराट कोहली ५५ रनमा अविजित रहे। त्यस्तै इशान किशन ४७ रनमा आउट हुँदा श्रेयस अय्यरले २५ रन बनायो। अफगानिस्तानका लागि रसिद खानले २ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो। उसका लागि कप्तान हस्मतुल्लाह साहीदीले ८० रनको इनिङ खेल्दा अजमतुल्लाह ओमारजाईले ६२ रन बनाए।  त्यस्तै रमनुल्लाह गुर्वाजले २१ रन बनाउँदा इब्राहीम जद्रानले २२ रन बनाए। साथै रहमत साहले १६ रन बनाउँदा रसिद खानले पनि १६ रन बनाए। त्यस्तै मुजिव उर रहमानले १० रन बनाए।

भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिंदा हार्दीक पाण्ड्याले २ तथा कुलदीप यादव र सार्दुल ठाकुरले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?