
काठमाडौं- ग्रिन, रेसिलिन्ट, इन्क्लुसिभ डेभलपमेन्ट(जिआरआइडी) परियोजनाले पार्ने असरहरूमाथि चिन्ता व्यक्त गर्दै पुन: मूल्यांकनकाे मागसहित काठमाडौंमा प्रदर्शन भएकाे छ।
बुधबार नेपालस्थित विश्व बैंकको कार्यालयअगाडि प्रदर्शन भएकाे हाे।
वातावरण तथा समावेशी विकाससम्बन्धी चासाे राख्ने एक समुहले जिआरआइडी परियोजनाले नेपालसहित विश्वव्यापी रूपमा पार्नसक्ने दीर्घकालीन असरप्रति चिन्ता व्यक्त गर्दै नेपालमा जिआरआइडी परियोजनाका लागि दिएकाे ऋणसम्बन्धि विस्तृत विवरणकाे माग राखेका छन्।
उनीहरूले विश्व बैंकलाई नेपालमा पर्यावरणीय क्षेत्रकाे वित्तीय सहयाेग ऋण हाेइन, अनुदानका रूपमा दिनुपर्ने माग पनि राखेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा काेष र विश्व बैंकको अक्टाेबरमा हुने वार्षिक बैठककाे पूर्वसन्ध्यामा पर्यावरणीय संकटका लागि एकदमै कम भूमिका पुर्याएका मानिस र प्रकृतिसहितकाे अत्यावश्यक आवश्यकता र अधिकारकाे हनन हुनेगरी वित्तीय स्राेत परिचालन भएकाे निन्दा गर्ने समूह र संस्थाहरूप्रति उनीहरूले ऐक्बद्धतासमेत जनाएका छन्।
हेर्नूहोस् तस्बिरहरू: