आफ्नो विश्वकप इतिहासमा अस्ट्रेलियाको सर्वाधिक फराकिलो हार

आफ्नो विश्वकप इतिहासमा अस्ट्रेलियाको सर्वाधिक फराकिलो हार
+
-

आफ्नो विश्वकप इतिहासमा अस्ट्रेलिया सर्वाधिक फराकिलो हारको सिकार भएको छ। लखनउमा विहीबार भएको खेलमा दक्षिण अफ्रिकासँग अस्ट्रेलिया १ सय ३४ रनले पराजित हुँदै लगातार दोस्रो हारको सामना गर्न बाध्य भयो।

यसअघि अस्ट्रेलिया १९८३ मा भारतसँग १ सय १८ रनले पराजित भएको थियो। जुन अस्ट्रेलियाको विश्वकप इतिहासमा सर्वाधिक फराकिलो हारका रुपमा रहेको थियो।

इकाना स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ११ रनको स्कोर तयार गरेको थियो।

जवाफमा अस्ट्रेलिया ४०.५ ओभरमा अलआउट हुँदै १ सय ७७ रनमा समेटियो। दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डिककले लगातार दोस्रो शतक प्रहार गरे भने अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा कागिसो रबाडाले ३ विकेट चट्काए।

दक्षिण अफ्रिकाका ओपनर डिककले १०६ बलमा १०९ रनको इनिङ खेलेका थिए। त्यस्तै एइडन माक्रमले ५६ रन बनाउँदा कप्तान डेम्बा बभुमाले ३५ रनको इनिङ खेले। त्यस्तै रसी भान डेर डुसेन २६ रनमा आउट हुँदा हेनरिच क्लासेनले २९ रन बनाए। त्यस्तै डेभिड मिलरले १७ रन बनाउँदा मार्को जनसेनले २६ रनको इनिङ खेलेका थिए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २-२ विकेट लिंदा जोस हेजलवुड, प्याट कमिन्स र एडम जाम्पाले समान १-१ विकेट लिए।

३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया खराब ब्याटिङको सिकार भयो। उसका लागि मार्नु लबुसेनको ४६ रन सर्वाधिक रह्यो। थप दोहोरो स्कोरका रुपमा मिचेल स्टर्कको २७ रन रहँदा कप्तान प्याट कमिन्सले २२ रन बनाए। त्यस्तै डेभिड वार्नर १३ रनमा आउट हुँदा स्टिभ स्मिथ १९ रनमा पेभिलियन फर्किए। एडम जम्पा ११ रनमा नटआउट रहे।

अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा कागिसो राबडाले ३ विकेट लिंदा मार्को जनसेन, केशव महाराजा र तब्रेइज सामसीले समान २-२ विकेट लिए। लुंगी गिडीका नाममा १ विकेट रह्यो।

अस्ट्रेलियाको यो लगातार दोस्रो हार हो। यसअघि प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित भएको थियो। दक्षिण अफ्रिका भने लगातार दोस्रो जितसँगै शीर्ष स्थानमा उक्लिएको छ।

दुई खेलको समाप्ती सम्ममा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र भारतले समान २-२ खेलमा जित निकाल्दा इंग्ल्यान्ड र बंगलादेशले समान एक खेलमा जित हासिल गरे। श्रीलंका, नेदरल्यन्ड्स अस्ट्रेलिया र अफगानिस्तान भने दुई खेलमा जितविहीन रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?