
काठमाडौँ- इजरायलबाट २ सय ५३ नेपाली ल्याएर आएको नेपाल एयरलाइन्सको जहाज शुक्रबार बिहान २:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ।
नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० केहीबेरअघि शुक्रबार बिहान २ :४२ बजे काठमाडौं अवतरण गरेको हो।
उद्धार उडानको नेतृत्व वरिष्ठ कप्तान श्रवण रिजालले गरेका थिए।
इजरायलबाट फर्किएका नेपालीलाई उनीहरुका आफन्त तथा उनीहरुले चाहेको स्थानमा पुर्याउन सरकारले नेपाल प्रहरीका तीन बस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको छ।
ती बसहरुले उद्धार गरी ल्याएका नागरिकलाई उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसम्म सेवा प्रदान गर्ने छन्।
परराष्ट्रमन्त्री एनपी साउदज्यूको नेतृत्वमा उद्धारका लागि गएको जहाज इजरायलको तेल अभिभस्थित विमानस्थलबाट दुबई हुँदै काठमाडौं फर्किएको हो।
गएको शनिबार हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।