कर्णाली प्रदेश पूर्ण खोपयुक्त घोषित

कर्णाली प्रदेश पूर्ण खोपयुक्त घोषित
+
-

सिमकोट – सबैभन्दा पछाडि परेको प्रदेशका रुपमा रहेको कर्णाली प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषित भएको छ।

कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ।

कर्णालीका सबै बालबालिकालाई अनिवार्य लगाइनु पर्ने सबै खोप लगाएपछि प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिएको होे । खोप लगाउन छुटेकालाई पनि खोज र खोप अभियान सञ्चालन गरिएको थियो। पूर्ण खोपयुक्त अभियानमा महिला स्वयंसेविकादेखि चिकीत्सकसम्मको ठुलो योगदान रहेको थियो।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक सङ्गीता मिश्रले भौगोलिक अवस्थाले कठिन भए पनि प्रदेशलाई पूर्ण खोपयुक्त गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन।

अहिलेसम्म देशका ७२ जिल्ला पूर्ण खोपयुक्त जिल्ला र तीन वटा प्रदेश खोपयुक्त घोषणा गरिएको छ । अब खोप लगाउन छुटेका बालबालिकालाई पनि खोजी गरेर खोप लगाइने भएको छ।

कर्णालीमा सबैभन्दा पहिला २०७४ साल असार ४ गते दैलेखलाई खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । सबैभन्दा अन्तिममा डोल्पालाई असार १६ गते पूर्ण खोपयुक्त घोषणा गरेपछि एक कार्यक्रम आयोजना गरी कर्णाली प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?