
क्रिश्टियानो रोनाल्डोले २ गोल गरेको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३-२ गोल अन्तरले पराजित गर्दै २०२४ को युरोकपमा स्थान पक्का गरेको छ। पोर्चुगलले युरो छनोटका तीन खेल बाँकी हुँदै युरोकपमा स्थान पक्का गर्यो।
शुक्रबार राति भएको खेलमा पोर्चुगलको जितमा क्रिश्टियानो रोनाल्डोले २ गोल गर्दा अर्को १ गोल गोनकालो रामोसको नाममा रह्यो। खेलमा अग्रता रामोसको गोलबाट पोर्चुगललले १८ औं मिनेटमा लिएको थियो। रोनाल्डोले २९ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता दोब्बर बनाउँदा पहिलो हाफमा पोर्चुगल २-० ले अघि रह्यो।
तर दोस्रो हाफमा डेभिड हान्स्कोले गोल गर्दै ६९ औं मिनेटमा स्लोभाकियालाई खेलमा फर्काउने प्रयास गरे। यद्यपि ७२ औं मिनेटमा रोनाल्डोले टिमका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल जित नजिक पुगेको थियो।
रोनाल्डोले २ गोल गरेसँगै उनले २ सय २ खेलबाट करिअरमा १ सय २५औं अन्तराष्ट्रिय गोल पुरा गरेका छन्। अन्तिम समयमा स्टानिस्लाभ लोबोटकाले अन्तिम समयमा दोस्रो गोल गरेपनि स्लोभाकियाको हार टार्न सकेनन्। समूह जे मा लगातार ७ जितसँगै पोर्चुगल २१ अङ्कका साथ युरो छनोट हुन सफल भएको हो। स्लोभाकिया १३ अङ्कका साथ दोस्रो स्थानमा छ।
युरो छनोट अन्तर्गत शनिबारनै भएका खेलमा ग्रिस सँग २-० ले पराजित हुँदै आयरल्यान्ड प्रतियोगिताबाट बाहिरियो। त्यस्तै बेल्जियमले अस्ट्रियालाई ३-२ ले पराजित गर्दा अजरबैजानले एस्टोनीयालाई २-० ले पराजित गर्यो। त्यस्तै लक्जेम्बर्ग र आइसल्यान्डले १-१ गोलको बराबरी खेल्दा बोस हर्ज गोभिनाले लिचटेन्सटेइनलाई २-० ले पराजित गर्यो। त्यस्तै फ्रान्सले नेदरल्यान्ड्सलाई २-१ ले पराजित गर्यो।