
काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपविरुद्ध पत्रकारहरु आन्दोलित भएका छन्। कान्तिपुरमा कार्यरत पत्रकारहरु कानुनविपरीत निष्कासन तथा सरुवा गरेको साथै समयमै तलब नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।
नेपाल पत्रकार महासंघ, श्रमजीवि पत्रकार संघ, फोटो पत्रकार क्लबलगायतको ऐक्यवद्धतामा मंगलबार कान्तिपुरको कार्यालयअघि पत्रकारहरुले धर्ना दिएका छन्।
लामो समयदेखि कार्यरत पत्रकारहरुलाई कानुनविपरीत निष्कासन गरिएपछि कान्तिपुर मिडिया ग्रुपविरुद्ध त्यहाँ कार्यरत पत्रकारहरु आन्दोलित भएका हुन्।
नेपाल पत्रकार महासंघले पत्रकारको अपमान सह्य नहुने भन्दै नियमविपरीत निष्कासित गरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ।