एडवार्डको कप्तानी इनिङमा नेदरल्यान्ड्सको दक्षिण अफ्रिकामाथि सनसनिपूर्ण जित

एडवार्डको कप्तानी इनिङमा नेदरल्यान्ड्सको दक्षिण अफ्रिकामाथि सनसनिपूर्ण जित
+
-

एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले सनसनिपूर्ण जित दर्ता गरेको छ। लगातार दुई खेल जितेको दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सले ३८ रनले पराजित गरेको हो। नेदरल्यान्ड्सले विश्वकप इतिहाससमा पहिलो पटक दक्षिण अफ्रिकालाई हराउन सफल भयो।

वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गर्दै नेदरल्यन्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२.५ ओभरमा अलआउट हुँदै २ सय ७ रन मात्र बनाएको थियो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ४३ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै हेनरीच क्लासेनले २८ रन बनाउँदा क्विन्टन डिककले २० तथा टेम्बा बभुमाले १६ रन बनाए। त्यस्ते जेराल्ड कोट्जेले २२ रन बनाउँदा केशव महराजले ४० रन बनाएका थिए।

दक्षिण अफ्रिकालाई सस्तैमा अलआउट गर्ने क्रममा नेदरल्यान्ड्सका लागि लोगन भान बेकले ३ विकेट लिएका थिए भने पउल भान मिकेरेन, रोएलोफ भान डेर मेर्वी र बास डी लिडले समान २-२ विकेट लिएका थिए।

८२ रन जोड्दा आधा खेलाडी पेभिलियन फर्किएर दबाबमा परेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ७८ रनको अविजित इनिङ खेले। त्यस्तै रोएलोफ भान डेर मेर्विले २९ रन बनाउँदा तेजा निदामनुरुले २० रन  बनाएका थिए। त्यसअघि म्याक्स ओड्वाडले १८ रन बनाउँदा सुब्रान्ड एंग्लाब्रेच्टले १९ रन  बनाएका थिए। उसका आयान दतले २३ रनको अविजित इनिङ खेलेका थिए।

दक्षिण अफ्रिकाका लागि लुंङ्गी गिडी, मार्को जेनसेन र कागिसो रबडाले समान २-२ विकेट लिएका थिए। जेराल्ड कोट्जे र केशव महराजले समान १-१ विकेट लिए। यसअघि अफगानिस्तानले आइतबार साविक च्याम्पियन इंग्ल्यान्डलाई हराउँदै सनसनिपूर्ण जित निकालेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?