संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता बोक्नै नसक्ने भारी भयो- गोविन्दराज जोशी

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता बोक्नै नसक्ने भारी भयो- गोविन्दराज जोशी
+
-

काठमाडौँ – नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले मुलुकमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता बोक्नै नसक्ने भारी भएको ठोकुवा गरेका छन्।

उनले कतिपय राजनीतिक दलहरुले आफ्नो मुख्य उपलव्धी मानेका संघीयका गणतन्त्र र धर्मनिरपेक्षता जनताको लागि बोक्नै नसक्ने भारी प्रमाणीत हुँदै गइरहेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत वडा दसैँको अवसरमा एक सुभकामना  सन्देश जारी गर्दै नेता जोशीले भनेका छन्,‘यसको परिर्वतन अहिलेको अपरिहार्य आवश्यकता भएको छ। यो बास्तविकतालाई धेरै जसो राजनीतिक दल र हामी जनता सबैले महसुस गरेको तर बोल्न नसकिरहेको अवस्था छ, देशमा क्रियाशील राजनीतिक दलहरु र सरकारले पनि न समाधान दिन सकेको छ न यसबाट देशमा स्वभाविक समाधान निकाल्न सक्ने देखिएको छ। यस्तो कहालीलाग्दो अवस्थाबाट देश गुज्रिरहेको छ। यस्तो अबस्थाबाट बाहिर निस्कन देशमा आमूल परिर्वतनको आवश्यकता छ। यहि नै अहिलेको आवश्यकता छ।’

उनले विगत केही समय देखि देशमा देखिएको असुरक्षा,अभाव र अन्यौलको अवस्थाले अराजक स्थितीको सृजना हुँदैछ भन्ने आभाष सर्वत्र भइरहेको पनि उल्लेख गरेका छन्।

नेता जोशीले भनेका छन्, ‘विकास र आकांक्षाका हाम्रा भारीहरु निरासामा परिणत भएका छन्। सम्वृद्धिको जतिसुकै रटान लगाएपनि अधिकांस जनताहरु वडादशै जस्तो महान चाडमा पनि हात मुख जोडन नसक्ने यर्थाथमा पुगेको यर्थाथ हामी कसैको अगाडी पनि छिपेको छैन। देशमा व्यापार व्यवशाय समाप्त हुँदैछ। सरकारको गलत आर्थिक नीतिका कारण आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको नीजि क्षेत्र दिनप्रतिदिन धरायायी बन्दै गइरहेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?