धार्मिक र सामाजिक सद्भाव खलबलाउने गतिविधिप्रति सचेत बनौं: देवेन्द्र पौडेल

धार्मिक र सामाजिक सद्भाव खलबलाउने गतिविधिप्रति सचेत बनौं: देवेन्द्र पौडेल
+
-

काठमाडौँ–नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

माओवादी म्याग्दी जिल्ला बेनी नगर कमिटीले दसँै तिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खल्बलाउने तत्वप्रति सचेत रहनुपर्ने बताए।

‘मिलेर बसेको समाजमा सामाजिक सञ्जाल दुरुपयोग गरेर धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधिप्रति हामी सबै सचेत हुनुपर्छ,’ नेता पौडेलले भने ‘सद्भाव खलबलाउने, व्यवस्थाप्रति भ्रम पैदा गराउने र देशलाई अधोगतितर्फ लैजाने गतिबिधिलाई निरुत्साहित गर्न धार्मिक सद्भाव र सामाजिक सहकार्य हुनुपर्छ।’

सेवाप्रवाह र विकासका विषयमा नागरिकले उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले सचेतरूपमा लिनुपर्ने बताउँदै उहाँले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पारे। नेता पौडेलले भने,‘राज्यप्रति विश्वास दिलाउन सबै सरकारी निकाय पारदर्शी, निष्पक्ष र जनताप्रति केन्द्रित हुनुपर्छ।’

सोही पार्टीका जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमालले चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको औल्याए। जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय राजनीतिक दल र प्रशासनिक निकाय विकासको मुद्दामा एकताबद्ध रहेको बताए।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले चाडपर्वलाई सुरक्षित, मर्यादित, मौलिक र सांस्कृतिक हिसाबले मनाउनुपर्ने मनाउनुपर्नेमा जाड दिए। नेकपाका म्याग्दी जिल्ला ईञ्चाज उषा घर्ती घिमिरेले म्याग्दीको विकासका लागि राजनीतिक दलहरुबीच सहकार्य र साझा धारणा बनाउने बताए। माओवादी केन्द्रको बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको विकास, सामाजिक तथा आर्थिक मुद्दाको साझा धारणा र सहकार्यको वातावरण बनाउ चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गगरिएको बताए।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद हरिबहादुर भण्डारी, पूर्वसांसद हरिराज अधिकारी, गायत्री गुरुङ, विनोद केसीलगायतको उपस्थिति थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?