नबिल बैँकका अध्यक्ष उपेन्द्र पौडेलसँग अन्तर्वार्ता

‘बैँकहरु धेरै असहज परिस्थितिमा छन्’ (भिडियो अन्तर्वार्ता)

‘बैँकहरु धेरै असहज परिस्थितिमा छन्’ (भिडियो अन्तर्वार्ता)
+
-

काठमाडौँ- नबिल बैंकका संचालक समितिका अध्यक्षले मुलुकमा उत्तरदायित्वपूर्ण ढंगले बैँकहरु सञ्चालनमा आएका दाबी गरेका छन्।

उनले बैंकहरु दशकौँदेखि कसरी सञ्चालन भइरहेका छन् भनेर त्यसको पृष्ठभूमिबाट यसको पुष्टि हुने उल्लेख गरेका छन्।

देश सञ्चारसँगको कुराकानीमा उनले भने, ‘कतिपय बिषयमा निर्णय लिनुपर्दा हामीले आजको मात्रै हेर्दैनौँ, भविष्यलाई हेरेर निर्णय गर्नुपर्छ। बैंकले त्यस्तै गरेको छन्। व्याज यसै बढेको होइन बैँक जस्तै देश व्यवस्थित गर्नुपर्छ।  बैंकलाई जस्तै देशलाई म्यानेज गरिदिने हो भने कहाँबाट कहाँ पुग्थ्यो होला भन्ने लाग्छ। बैंकहरु गलत गरिकाले संचालन भइरहेका छन् भनेर अन्य प्राइभेट सेक्टरका संस्थाहरु पनि व्यवशायिक ढंगले अघि बढ्न खोजेका छन्,हामीबाट संस्कार र सिप सिकेको अवस्था पनि छ।’

अहिलेको अवस्थामा बैँकहरुलाई धेरै नै असहज परिस्थिति भएको पौडेलको भनाइ छ।

बैंकको आफ्नै गलत निर्णयको कारण अथवा केही बैंकका रणनीतिहरु समयानुकुल हुन नसकेको कारणले पनि असहज परिस्थति आएको हुन सक्ने उनको तर्क छ।

पौडेलले भने, ‘बैंकको आफ्नै समस्याका कारण व्याजदर घटाएर अघि बढ्न सक्ने अवस्था छैन। अपेक्षा बढी भयो, राज्यले निकालेको तथ्यांकमा अर्थतन्त्रको जिडिपीको ८० प्रतिशत भन्दा बढि प्राइभेट सेक्टरले नेतृत्व गर्छ। जिडिपी ८० प्रतिशत भन्दा धेरै नेतृत्व गर्ने नीजि क्षेत्रलाई पनि बैंकहरुले सन्तुलनमा राखेका छन्। बैंकहरुले ७०,८० प्रतिशतसम्म लगानी गरिरहेका छन्। ८० प्रतिशत भन्दा धेरै कमान्ड गर्ने क्षेत्र अहिले समस्यामा छ,जुन बैंक र फाइनान्सको कारणले मात्रै होइन।’

उनीहरु समस्यामा पर्दाखेरि बैंकका लगानीका गुणस्तरहरु पनि खस्किरहेको अबस्था रहेको पनि पौडेलले बताए।  ‘आज बैंकिङ क्षेत्रले एक तहमा लगानी गरिरहेको छ भनेदेखि अरु बैंकले तरलताको अवस्था देखिरहेको छ। एउटा सुदृढ अवस्थामा रहेको छैन,’ उनले भने।

उनले अगाडि भने- ‘तरलताको अवस्था भन्नेवित्तिकै देशमा आर्थिक कृयाकलापहरु भएनन् भने त्यसले सृजना कम गर्छ। बैंकहरुले धेरै लगानी गरेका छैनन्। व्याजदर घटाउँदै गएर अलिकति लगानी त बढाउन सक्छौँ होला तर अत्यधिक लगानी गर्दा त्यसको प्रतिफल आउँछ कि आउँदैन भन्नेमा बैंकहरु विश्वस्त हुन सकेका छैनन्।’

बैंकहरु आ-आफ्नै अवस्था र रणनीति अनुसार अगाडि बढेका उनको भनाइ छ। उनका  अनुसार केही बर्ष यता बैंकहरुले पनि बढी मुनाफा कमाउन लागेका छन् जुन गल्ती भएको पौडेलको ठम्याइ छ।

मुलुकका अन्य निजी क्षेत्रहरुको तुलनामा बैंक पारदर्शी रहेको र आफूहरुले तीन,तीन महिनामा नतिजा सार्वजनिक गर्ने भएकाकारण बैंकको स्थितिको सबैलाई जानकारी हुँदै आएको पौडेलले दाबी गरेका छन।

देशसञ्चारले पौडेलसँग गरेको भिडियो संवाद:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?