त्रिकोणात्मक टी-२० सिरिज: हङकङलाई हराउँदै नेपाल फाइनलमा

त्रिकोणात्मक टी-२० सिरिज: हङकङलाई हराउँदै नेपाल फाइनलमा
+
-

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले बनाएको दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो।

हङकङका लागि अन्सी रथले ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक बाबर हायतले २० तथा अजिज खानले २५ रन बनाए। त्यस्तै स्कट म्याकचिनीले ११ रन बनाउँदा हरुन अर्सदले १२ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। उच्च स्कोर बनाउने क्रममा नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि विश्व कीर्तानी १ सय ४५ रनको साझेदारी गर्दै टिमलाई उच्च लक्ष्य दिएका थिए। मुलपानी क्रिकेट मैदानमा ५५ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कुशल र दीपेन्द्रले पाँचौं विकेटका लागि  विश्व कीर्तिमानी साझेदारी सम्भव बनाएका थिए।

यसअघि यो कीर्तिमान न्युजिल्यान्डला मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । यी दुईले पाकिस्तानविरुद्ध जितमा १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए। उक्त खेलमा मार्क च्यापम्यानले १ सय ४ रन जोडेका थिए भने जेम्स निशमले ४५ रनको योगदान दिएका थिए।

नेपालको उच्च लक्ष्यमा कुशल मल्ल ९२ तथा दिपेन्द्र सिंह ऐरीले ५७ रनको इनिङ खेलेका थिए। त्यस्तै आसिफ शेख २० तथा कप्तान रोहित पौडेल ११ रन बनाए। हङकङका लागि हरुन अर्सद, मोहम्मद घजानफारले २-२ विकेट लिएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?