युवा संघ र दुर्गा प्रसाईंबीच तिक्तता बढ्दै, प्रसाईंले दानाबारीमा दुर्गाको मूर्ति प्रतिस्थापन गर्न पाएनन्

युवा संघ र दुर्गा प्रसाईंबीच तिक्तता बढ्दै, प्रसाईंले दानाबारीमा दुर्गाको मूर्ति प्रतिस्थापन गर्न पाएनन्
+
-

झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघबीच पछिल्लो तिक्तता बढ्दै गएको छ ।

पछिल्लो दुर्गा प्रसाईंका कार्यकर्ता र युवा संघका सदस्यहरूले एकले अर्काको कार्यक्रम बिथोल्नतिर लागेका छन् ।

गत असोज २५ गते झापाको अर्जुनधारामा युवा संघको नगर अधिवेशन उद्घाटन गर्न आएका नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतलाई प्रसाईंका कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका थिए ।

कडा सुरक्षाबीच बस्नेतलाई अवरोध गर्न नसकेपछि कार्यक्रममा उपस्थित युवा संघ सम्बद्ध नेता तथा कार्यकर्ताका सवारी साधन प्रसाईंका कार्यकर्ताले तोडफोड गरेका थिए ।

सोही घटनामा संलग्न भएको आरोपमा प्रसाईंका दुई जना कार्यकर्ता बिक्रम लिम्बु र बिजय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसपछि युवा संघले दुर्गा प्रसाईंका सबै कार्यक्रम बिथोल्ने संस्थागत निर्णय गरेको थियो । शनिबार प्रसाईँले इलामको दानावारीमा गर्न लागेको कार्यक्रममा युवा संघका कार्यकर्ताहरूले अवरोध पुर्‍याएका छन् ।

युवा संघका कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईँले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम स्थगित गरेका छन् ।

दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर फूलपातीका दिन प्रसाईँले दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्न लागेका थिए ।

दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरूले बिहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरूले कुनै पनि हालतमा जान नदिने चेतावनी दिएपछि प्रसाईँले बाध्य भएर कार्यक्रम स्थगित गरेका हुन् ।

आफूले २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिस्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईँले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताए ।

काठमाडौंमा युवा संघका कार्यकर्ताले प्रसाईंलाई मोसो दलेपछि दुई पक्षबीच तनाव बढ्दै गएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?