मिनरल वाटरको खालि बोतलले जीवन बचाउन सक्छ

मिनरल वाटरको खालि बोतलले जीवन बचाउन सक्छ
+
-

दाङ–पानी खाएर फोहरका रुपमा फालिएको मिनरल वाटरको खालि बोतल बाढीमा फसेकाहरुको जीवन कवच बन्न सक्छ।

दाङ जिल्लामा बाढी आएको समयमा समुदाय स्तरमा धेरैले यसको अभ्यास गरेर बाढीमा फसेकाहरुको उद्धार गरेर जीवन बचाउन सफल बनेका उदाहरणहरू छन्।

समुदाय स्तरमा पाइने साधन र स्रोतको प्रयोग गरी पानीजन्य आपतकालमा परेकाहरुलाई बचाउन सकिनेबारे जिल्ला स्तरमा अभ्यास पनि चलेको छ। ‘लाइफ ज्याकेट किन्ने पैसा समुदायसँग हुँदैन तर लाइफ ज्याकेट जत्तिकै क्षमता राख्ने पानीको खाली बोतल र बोराको प्रयोग गरेर लाइफ ज्याकेट बनाउन सकिन्छ भन्ने सिकाइ भयो,’ सिन्धु पौडेल शर्माले भनिन्, ‘समुदाय स्तरमा रहेका समूहहरुलाई पनि अब पानीजन्य आपतकालबाट बच्ने सीपहरु सिकाउन र पानीमा तैरने सामानहरु बनाएर पानीजन्य आपतकालसँग प्रतिकार्य गर्न सकिन्छ।’

मिनरल वाटरको खालि बोतल र बोराको प्रयोग गरी लाइभ ज्याकेट बनाउन सकिन्छ। त्यसको प्रयोगबाट बाढीमा फसेकाहरुको उद्धार गर्न सकिन्छ। डोरीमा जर्किन बाँधेर बाढीमा फसेकाहरुलाई उद्धार गर्न सकिन्छ। बाँस र खालि जर्किन बाँधेर पानीमा तैरने वस्तु बनाउन सकिन्छ। त्यसबाट बाढीमा फसेकाहरुको उद्धार गर्न सकिन्छ। पानीजन्य आपतकाल प्राथमिक उद्धारको सिप समुदाय र प्रहरी सहभागीहरुलाई हस्तान्तरण गरिएको हो।

समुदायका मानिस र सुरक्षाकर्मीहरुलाई यो तालिम प्रदान गरिएको हो। दाङ भालुवाङस्थित राप्ती नदीलाई आधार मानेर तालिम सञ्चालन गरिएको थियो। विपद् ब्यवस्थापन, पहिरो र त्यसमा हुने अवरोध ब्यवस्थापन, खोज तथा उद्धार, पानीजन्य आपतकाल, प्राथमिक उपचार लगायतको विषयमा अभ्यासमार्फत सिप हस्तान्तरण गरिएको छ।

यता जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष तथा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले स्थानीय स्रोत र साधनको प्रयोग गरेर पानीजन्य आपतकालमा फसेकाहरुको सफल उद्धार गर्न सकिने भएकाले जोखिम क्षेत्रका नागरिकहरुको क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताए।

नेपाल रेडक्रस सोसाइटी विपद् ब्यवस्थापन विभागको आयोजनामा दाङ जिल्लामा पहिलोपल्ट डिपी–डिआरआर कार्यक्रम अन्तर्गत पानीजन्य आपतकाल प्राथमिक उद्धार तालिमको समापन अवसरमा प्रमुख अतिथि समेत रहेका श्रेष्ठले विपदमा परेकाहरुको उद्धारका लागि समुदाय र सरोकार राख्ने निकायहरुको बीचमा समन्वय हुन आवश्यक रहेको बताएका हुन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष