
इंग्लिस प्रिमियर लिग अन्तर्गत मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुलले एभर्टनलाई २-० ले पराजित गरेको छ। लिभरपुलको जितमा दुबै गोल इजिप्टसियन स्टार मोहम्मद सालाहको नाममा रह्यो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सलाहले दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुलले महत्वपूर्ण तीन अङ्क हासिल गर्यो। सलाहले ७५ औं मिनेटमा पहिलो गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए।
उनलेनै इन्जुरी समयको सातौं मिनेटमा अग्रता दोब्बर पार्दा लिभरपुलले लिगमा छैटौं जित निकाल्यो। जितसँगै लिभरपुलको ९ खेलबाट ६ जित २ बराबरी र एक हारसँगै २० अङ्क भएको छ।