२२ वर्षदेखी विश्वकपमा भारतसँग नहारेको न्युजिल्यान्ड आज हार्ला?

२२ वर्षदेखी विश्वकपमा भारतसँग नहारेको न्युजिल्यान्ड आज हार्ला?
+
-

काठमाडौँ-एकदिवसीय विश्वकपको जारी संस्करणमा सर्वाधिक उच्च लयमा रहेका दुई टिम न्युजिल्यान्ड र भारत आइतबार एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दै छन्।

धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएशनको मैदानमा दिउँसो २:१५ मा सुरु हुने खेलमा दुबै टिम आफ्नो अपराजित यात्रा जारी राख्ने प्रयासमा छन्। २०१९ को विश्वकपमा दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग सेमिफाइनलमा १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यो पटक न्युजिल्यान्डसँग लगातारको हारको जिंक तोड्ने प्रयासमा भारत रहेको छ।

दुई टिमबिच अहिले सम्म कुल १ सय १६ खेल भएका छन्। जसमा भारतले ५८ र न्युजिल्यान्डले ५० खेलमा जित निकाल्दा ७ खेल नतिजाविहीन भएका छन्। एक खेल बराबरीमा सकिएको छ।

एकदिवसीय विश्वकपमा भने न्युजिल्यान्ड भारतमाथि हावी हुँदै आएको छ। प्रतियोगितामा दुइ टिमबिच ९ खेल भएका छन्। ५ खेलमा न्युजिल्यान्ड र ३ खेलमा भारत विजयी भएका छन्। २०१९ को एक खेल भने वर्षाका कारण नतिजा विहीन भएको थियो। यद्यपि पछिल्लो पटक २०१९ मा भएको खेलमा भने न्युजिल्यान्डलेनै जितेको थियो।

भारतले विश्वकपमा पछिल्लो पटक २००३  न्युजिल्यान्डलाई हराएको थियो। त्यसोत आईसिसी इभेन्टमा १९९२ पछि ९ पटक भिडेका यि दुई टिममा भारतले केवल एकमात्र खेलमा जित हासिल गरेको छ। त्यसैले आइसिसीका प्रतियोगितामा भारतले तोड्न नसकेको न्युजिल्यान्डको विरासत तोड्नु पर्ने चुनौती घरेलु मैदानमा रहेको छ।

भारतले पछिल्ला ५ एकदिवसीयमा ४ खेलमा जित निकाल्दा एक खेल मात्र हारेको छ। न्युजिल्यान्डले भने पछिल्ला ५ एकदिवसीय खेलमा सबै ५ खेलमानै जित हासिल गरेकाले उत्साही रहेको छ।

जारी विश्वकपमा दुबै टिमले खेलेका सबै ४ खेलमा चारै जित निकालेका छन्। यो दुबै टिमको पाँचौं खेल हो। यो खेलमा जित निकाल्ने टिमले लगभग विश्वकपको शीर्ष चारको यात्रा तय गर्ने छ। नेट रनरेटमा फराकिलो अग्रता बनाएका कारण यो खेलमा जित निकाल्ने टिमको सेमिफाइनल सम्भावना बलियो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?