
एजेन्सी – प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको बिरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ ।
हजारौँ इजिप्टियनवासीहरु प्यालेस्टाइनको समर्थन गर्दै सडकमा उत्रिएका हुन् ।
उनीहरुले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको बिरोध गरेका थिए । इजिप्टवासी कायरोको सडकमा उत्रिएर बिरोध जनाएका हुन् ।
इजिप्टवासीहरुले प्यालेस्टाइनीहरुसँग ऐक्यवद्धता गर्दै बिरोध प्रदर्शन गरेका थिए ।
उनीहरुले गाजावासीहरुलाई लचिलोपन कायम राख्न आग्रह समेत गरेका छन् ।