त्रिकोणात्मक टी-२० सिरिज: युएईलाई हराउँदै नेपालको लगातार चौंथो जित

त्रिकोणात्मक टी-२० सिरिज: युएईलाई हराउँदै नेपालको लगातार चौंथो जित
+
-

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार चौंथो जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो जित यात्रा जारी राखेको हो।

युएईले दिएको १ सय ६५ रनको लक्ष्य  पछ्याएको नेपालले ४ बल बाँकी छँदै पराजित गरेको थियो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेका थिए। उनले १५ बलमा ४० रन बनाउँदा ६ चौका र १ छक्का प्रहार गरे। उनले २ सय ६६ को स्ट्राइकरेटमा स्कोर बनाउँदा नेपालको जित पक्का भएको थियो।

उनी बाहेक आसिफ शेखले ६२ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रोहित पौडेलले ४७ रन बनाए। युएईका लागि मुहम्मद जवादुल्लाहले २ विकेट लिंदा अकिफ रजा र जाहुर खानले समान १-१ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। युएईका लागि वृत्या अर्विन्द र बसिल हमिदले सर्वाधिक ४५-४५ रनको इनिङ खेल्दा आसिफ खानले १८ रन बनाए। त्यस्तै खालिद शाहले १२ रन बनाउनु थप दोहोरो स्कोरको रुपमा रह्यो। सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिंदा करण केसी र गुल्सन झाले समान १-१ विकेट लिएका थिए।

डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपाल अन्तिम खेल अगावै फाइनल पुगिसकेको थियो। नेपालले अघिल्ला तीन खेलमा पनि सहज जित हासिल गरेको थियो। प्रतियोगिताको पहिलो खेला नेपालले युएईलाई ७ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेट र अन्तिम खेलमा ७९ रनले हराएको थियो।

तीनै टोली विश्वकप छनोटको तयारीमा रहेकाले आफ्नो प्रदर्शन सुधार्दै प्रतियोगितामा होमिंदै छन्। पहिलो खेलमा युएईले नेपालसँग १ सय ४० रन बनाएको थियो । उक्त लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गरेको थियो।

नेपालसँग पराजित भएपछि फाइनल पुग्ने अर्को टोलीक टुंगो हङकङ र युएईबिचको अन्तिम खेलले गर्ने भएको छ। अब युएईले फाइनल प्रवेशका लागि बुधबार हङकङलाई हराउनु पर्ने छ। हङकङसँग हारेको खण्डमा भने युएईको फाइनल खेल्ने समिकरण नेटनरेटमा निर्भर हुने छ। प्रतियोगिताको फाइनल १० कार्तिकमा टियू मैदानमा हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?