शान्ति र आपसी सद्भावका लागि विजयादशमीले सबैलाई प्रेरणा देओस् : पूर्वअध्यक्ष रेग्मी

शान्ति र आपसी सद्भावका लागि विजयादशमीले सबैलाई प्रेरणा देओस् : पूर्वअध्यक्ष रेग्मी
+
-

काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।

बडादसैँका अवसरमा शुभकामना दिँदै उनले दुःखमा धैर्य र अभावमा पनि खुसी देखिन सक्नु नेपाली समाजको स्वभाव एवं चरित्र भएकाले महँगी र गरिबीमा पनि गच्छेअनुसाको आर्थिक र सामाजिक व्यवहार गर्दै खुशियालीका साथ विजया दशमी मनाउन आग्रह गरेका छन् ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, “बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाजमा विशेष चाडका रुपमा विजयादशमी हर्षोल्लासका साथ मनाइन्छ, यस अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकमाना व्यक्त गर्न चाहन्छु ।”

उनले धार्मिक सहिष्णुता, जातीय सहअस्तित्व र साम्प्रदायिक सुसम्बन्ध उदाहरणीय रुपमा रहेको नेपाली समाजमा केही अलमल र खलबलका सङ्केत देखापर्नु वाञ्छनीय नभएको उल्लेख गरेका छन् ।

पूर्वअध्यक्ष रेग्मीले भनेका छन्, “विकास, समृद्धि र सामाजिक रुपान्तरणका लागि नेपाली आवश्यकतालाई सम्बोधन गर्ने गरी अझ पनि सामाजिक तथा राजनीतिक वातावरण किन स्वच्छ हुन सकिरहेको छैन ? नेपाली समाजमा अहम् प्रश्नको रुपमा आज पनि रही रहनु सुखद् पक्ष होइन ।”

सन्देशमा पूर्वअध्यक्ष रेग्मीले विजयादशमीले शान्ति, समृद्धि, आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सहकार्य र एकता अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिलोस भनी कामना गरेका छन् ।

उनले सबैमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामनासमेत व्यक्त गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?